
काठमाडौं । न्याय परिषद्को बैठक आज बुधबार बस्दैछ । बैठक आज दिउँसोका लागि बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
उच्च अदालत र सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । हाल उच्च अदालतमा ४१ र सर्वोच्चमा ६ जना न्यायाधीशको पद रिक्त छ ।










