
काठमाडौं । सत्ता गठबन्धनका जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
आज (बुधबार) बसेको पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनाउँदै जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका अध्यक्ष सीके राउतले बताए । संघीय संसदमा जनमतकाे ६ सांसद छन्।
आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट आज (बुधबार) प्रतिनिधिसभामा पारितका लागि प्रस्तुत गर्दैछ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन बजेटको पक्षमा मत दिन ह्विप जारी गरेको छ ।










