Logo
Logo

ओलीले भने- सरकारमाथि संसदको विश्वास घट्यो


2.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको अब घटेर ५३ प्रतिशतमा झरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । तर, अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुप¥यो ?’ उनले प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मतविभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १४७ र विपक्षीमा १०८ मत परेको थियो । संसदमा पहिलोपटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मतविभाजन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्