
काठमाडौं । देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोसी, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।










