Logo
Logo

भानु पुरस्कार डा. कँडेल र असिम पुरस्कार नेपाललाई


2k
Shares

काठमाडौं । यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका साहित्यकार प्रा कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी परिषदबाटै प्रदान गरिने गोपाल पाँडे असिम पुरस्कार अर्का साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिने भएको छ । ती पुरस्कारको राशि क्रमशः एक लाख २५ हजार र ५० हजार तथा प्रशंसापत्र रहेको छ ।

भानु पुरस्कार आगामी भानु जयन्तीका अवसरमा र गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्