Logo
Logo

मुख्यमन्त्री कार्कीले विपक्षी दलसँग मागे विश्वासको मत


756
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा कार्कीले विपक्षमा रहेका दलहरूलाई लिखित पत्र पठाउँदै विश्वासको मत मागेका हुन् । उनले प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

कार्कीले दलहरूलाई विश्वासको मत माग्न पठाएको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्न विश्वासको मत दिन आग्रह गरिएको छ । पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा सङ्घीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने पत्रमा उल्लेख छ ।

पत्रमा उनले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको उल्लेख गरेका छन् । अल्पमतमा परेका कार्कीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्