Logo
Logo

कर्णाली प्रदेशसभा बैठक स्थगित


819
Shares

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने उनले जानकारी दिएका छन् । यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्