Logo
Logo

ओलीले भने- जलहरी मेरो विषय हो र मलाई सोध्ने ?


5k
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको विषय आफ्नो नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने निर्णय मात्र गरेको उनको भनाइ छ ।

बिहीबार धान दिवसको एक कार्यक्रममा सहभागी हुन चितवन आएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको । ।, त्यहाँ भ्रष्टाचार भएको । अलिक दिन त्यसले राम्रो मार्केट पनि पायो ।’ अलिक पछि सुन नै नचढाएको भन्नेसमेत आफूले थाहा पाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?’ उनले पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताए ।

आयोगले छानबिनका क्रममा यही असार १० गते जलहरीको तौल र गुणस्तर गरेको थियो । नापतौत गर्दा आधा केजी मात्र सुन अपुग भएको देखिएको जनाइएको छ । तर, अख्तियारले औपचारिक रुपमा छानविनको प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्