Logo
Logo

निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, दम्पतीकै सम्पत्ति जफत


55.3k
Shares

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एकवर्ष तीन महिना कैद सजाय तोकिएको छ । खड्काले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै शुक्रबार विशेष अदालतले सो फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्कालाई एक वर्ष कैदसहित उनको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने आदेश गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।

खड्कासँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकामा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ ।

साथै, अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ । अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी बनाएकामा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने विशष अदालतले फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्