Logo
Logo

‘जनताको जीवन सुखी र समृद्ध बनाउने अहिले मुख्य जिम्मेवारी’


504
Shares

भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन ल्याउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालीको जीवनमा आमूल परिवर्तन आवश्यक भएको भन्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुनुपर्छ ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए । सबैले इमानदारिताका साथ अघि बढेमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्