
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालाी कांग्रेससँगको सम्बन्ध तत्काल नटुट्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको जन्मयजन्तीका अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताएका हुन् ।
‘मैले कम्युनिष्टहरुसँग एकताको कुरा गर्दा नेपाली कांग्रेस तरंगित हुनपर्ने छैन । विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले अहिलेको परिवर्तन भएको हो । त्यसैले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन पर्दैन । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ, उसँगको सम्बन्ध तत्काल टुट्दैनँ,’ उनले भने ।
कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनको भनाई थियो ।














