Logo
Logo

गृहमन्त्री बादलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, सुधार गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ पुस ।

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालगको अनुगमन तथा निरीक्षण गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा आज विमानस्थल पुगेका हुन् । निरीक्षणको क्रममा गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभि मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरे ।


अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भएपनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिएका छन् ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य र नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुबिधासम्पन्न अध्यागन कार्यालयको रुपमा यो सञ्चालनमा आउन लागेकोे ब्रिफिङ गरेका थिए ।
निरीक्षणको क्रममा गृहमन्त्री थापा, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, गृहसचिव प्रेमकुमार राई,सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्