Logo
Logo

पहिरोले बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध


504
Shares

बागलुङ । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि शुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्।

सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन्। तर सोही पहिरोका कारण करिडोरसमेत अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्