Logo
Logo

हनुमानढोका क्षेत्रमा सवारीसाधन प्रवेश निषेध


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हनुमानढोका क्षेत्रको सवारीसाधन निषेध गरिएको बताएका छन्। उक्त क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सबै प्रकारको सवारीसाधन निषेध गरिएको बताएका हुन् ।

आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै उनले हनुमानढोका र वसन्तपुर क्षेत्र परिसरको वातावरण शान्त र सुरम्य हुनुपर्ने भन्दै यसैका लागि सवारीसाधन निषेध गरेको प्रतिक्रिया दिएका छन्।

‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावना छ। यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ’, उनले लेखेका छन्, ‘यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ।’

उनले काठमाडौं पहिचान भनेकै यहाँका सम्पदा भएको उल्लेख गरेका छन्। ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन् ।’

प्रतिक्रिया दिनुहोस्