Logo
Logo

आज ४४ बढी जिल्लाका नदीमा बाढीको जोखिम


630
Shares

काठमाडौं । आज देशका ४४ भन्दा बढी जिल्लाका खोला÷नदीमा बाढी आउने सम्भावना रहेको छ । वर्षासँगै देशभर बाढी र पहिरोको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै ४४ भनदा बढी जिल्लाका खोला तथा नदीमा बाढी आउन सक्ने जानकारी दिएको हो ।

जारी बुलेटिनअनुसार आज नवलपरासी (बर्दघाट सुस्ता–पूर्व), नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम), पाल्पा, रुपन्देही, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम देखिएकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

यस्तै आज पाँचथर, संखुवासभा, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बाग्लुङ, पर्वत, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्नसक्ने अनुमान रहेकाले सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्