Logo
Logo

मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रीपरिषद्लाई मात्रै छ : अधिकारी


4.9k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् ।

तालुकदार मन्त्रालयको तर्फबाट मन्त्री किराँतीले एक हप्ताको समय दिँदै यही असार ११ गते नौँ बुँदे स्पष्टीकरण सोधेका थिए । उता महानिर्देशक अधिकारीले ट्वीटमा लखेका छन्, ‘प्राधिकरण स्वयत्व संस्था हो, म मन्त्री परिषद्बाट नियुक्त भएको महानिर्देशक हुँ, मलाई मन्त्रीपरिषद्बाट नियुक्त गरेकोले मलाई स्पष्टिकरण सोध्ने अधिकार मन्त्री परिषद्लाई मात्रै रहेको छ ।’

यसैगरी उनले आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताएका छन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्