Logo
Logo

मुलुकको अर्थतन्त्र डर लाग्दो अवस्थामा छ : चौधरी


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

‘सरकारको राजस्व उठ्ने तस्वीर हेर्दा अत्यन्तै डर लाग्दो छ । १७ असारसम्म ९ खर्बको हाराहारीमा मात्रै उठ्नु र हाम्रो साधारण खर्च नै १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति छ’, उनले भने ।

नेपाल राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भएपनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाई छ । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उनले उल्लेख गरे ।

सांसद चौधरीले वर्तमान सरकार अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र कष्ट अफ डुइङ बिजनेस घटाउन विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्