Logo
Logo

राप्रपाले तोक्यो प्रदेश संयोजक


3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संयोजक तोकेको छ । राप्रपाले नवीन राप्रपाको कार्ययोजना कार्यान्वयन गर्न प्रदेश संयोजक तोकेको हो ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त कार्ययोजना कार्यान्वयन गर्न कोशीमा रोशन कार्की, महेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे, गण्डकीमा ध्रुवबहादुर प्रधान, लुम्बिनीमा रवीन्द्र मिश्र, कर्णालीमा मुकुन्दश्याम गिरी र सुदूरपश्चिमा उद्धव पौडेल संयोजक तोकेको हो ।

राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा–२०७८ को कार्ययोजना पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्