Logo
Logo

१० महिनापछि देउवाले बोलाए केन्द्रीय समिति बैठक


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीसहितको बैठकले असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो ।

बैठक असार २७ गते दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने छ ।

गत वर्ष भदौमा बसेपछि त्यसपछिको १० महिनाको अवधिमा कुनै बैठक बस्न सकेको थिएन। विधानबमोजिम प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्