Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


5.5k
Shares

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देशसहित विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्