Logo
Logo
ललिता निवास प्रकरण

मीनबहादुरसहितको रिट भट्टराई र फुयाँलको इजलासमा


2.6k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइ हुँदैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले आफुलाई रिहा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।

सुनुवाईका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेसी तोकिएको छ । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. भट्टराई र फुयालकै संयुक्त इजलासमा परेको थियो । तर त्यस दिन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

बिहीबार उक्त रिट निवेदन न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर न्यायाधीश रेग्मी कुनै बेला रिट निवेदन मिनबहादुरका निजी कानुन व्यवसायी रहेका कारण ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ गरिएन ।

गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो । इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

रिट निवेदकहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्