काठमाडौं, ५ पुस ।
अन्ततः शिवमाया तुम्बाहाम्फे राजिनामा दिन तयार भएकी छिन् । प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरेको छ । जसमा उनी तयार भएकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौ अधिवेशन शुरु हनुअघि शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफेले राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए ।
शुक्रबारको पहिलो संसद बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ। सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिन सक्ने नेकपाका सांसद शेरबहादुर तामाङले बताए।
सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ ।
नयाँ सभामुख चयनका लागि नेकपाभित्र लबिङ चलिरहेको छ । उपसभामुख भने राजपाले पाउने सम्भावना देखिएको छ ।












