Logo
Logo

राष्ट्रियसभामा विनियोजन विद्येयकमाथी मन्त्रालयगत छलफल हुने


756
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद भवन, नयाँ वानेश्वरमा बैठक दिउँसो ११ः३१ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीको बजेट माथी छलफल हुनेछ ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्