Logo
Logo

एमालेले गर्यो आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध


945
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरूद्ध पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठक अवरूद्ध पारेको हो।

एमालेका सांसदहरुले संसद सुरु भए लगत्तै उठेर विरोध र्गरेका हुन् । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, एमसीसीलगायतका विषयमा नाटक गरेर देशको स्वाभिमानविरूद्धमा पटकपटक धावा बोलेको बताइन् ।

उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म बैठक अवरोध कायम राख्ने बताइन्। एमालेले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै दुवै सदनमा अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्