Logo
Logo

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेले आइतबार पनि संसद हवरुद्ध पारेको हो ।

आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे लगत्तै एमालेका सांसद उठेर विरोध जनाए । यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बोलेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन् ।

उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे । तर, उनीहरुले अस्वीकार गरे । यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे ।

एकालेले गत बुधबारदेखि प्रधानमन्त्रीको विवादीत अभिव्यक्तिलाई लिएर दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्