Logo
Logo

१५ सहसचिवको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ ।
न्याय तथा कानून समूहका १५ जना सहसचिवको सरुवा भएको छ । न्यायपरिषद्ले सरुवाको निर्णय गरेको हो ।


सरुवा सूचिअनुसार नारायण रेग्मीको सर्वोच्च अदालत, निर्मला भट्टराईको विशेष अदालत, भिमकुमार श्रेष्ठको सर्वोच्च अदालत, विमल पौडेलको सर्वोच्च अदालत तथा हरिराज कार्कीको सर्वोच्च अदालतमा सरुवा भएको छ ।
त्यस्तै याम वहादुर वुढाको सर्वोच्च अदालत, मान वहादुर कार्कीको न्यायपरिषद, अच्युत कुइकेलको प्रशासकिय अदालत, ममता खनालको सर्वोच्च अदालत, खड्गराज अधिकारीको फैसला कार्यान्वयन निर्देशनालय, कृष्ण पौडेलको उच्च अदालत सुर्खेत, गजेन्द्र वहादुर सिहको उच्च अदालत तुलसीपुर, राम प्रसाद भट्टराईको उच्च अदालत दिपायल, ठगिन्द्र कट्टेलको उच्च अदालत विराटनगर र श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्