Logo
Logo

राष्ट्रियसभा बैठक बस्दै, बिनियोजन बिद्येयक पारित गरिने


882
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० पारित हुँदैछ ।

जसअनुसार आजको बैठकमा बिनियोजन बिद्येयक माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिनियोजन बिद्येयक २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्