Logo
Logo

सडक डिभिजन लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ


3.2k
Shares

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारका सहप्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्