Logo
Logo

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ


14.9k
Shares

काठमाडौं । बहुविवाह आरोपमा महोत्तरीमा एक वडाअध्यक्ष पक्राउ परेका छन् । बहुविवाह आरोपमा भंगहा नगरपालिका– ४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका हुन् ।

जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीका आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्