Logo
Logo

सीता दाहालको अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती


2.9k
Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दिवंगत दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । उनलाई पति प्रचण्डसँगै दुई छोरी रेणु र गंगाले पनि दागबत्ती दिएका थिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्