काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई आज पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।










