Logo
Logo

राजिनामा नदिई अष्ट्रेलिया लागिन् राजदूत लक्की शेर्पा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २ माघ ।
विवादमा फसेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा राजिनामा नदिई अष्ट्रेलिया गएकी छिन् । मानव तस्करीमा संलग्नता देखेपछि सरकारले उनलाई राजिनामा दिन सुझाव दिएको थियो ।


पुसभित्र राजिनामा दिन सुझाव दिइएकोमा अस्वीकार गरि उनी अष्ट्रेलिया गएकी हुन् । स्रोतका अनुसार सोमबार बेलुका उनी अष्ट्रेलिया गएकी हुन् ।
उताबाट आफ्ना काम सकेर आएर राजिनामा दिने भन्दै उनी अष्ट्रेलिया गएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । सुविधावापत केही कामदार लैजान पाउनेमा उनले त्यसका लागि पैसा उठाएकी थिइन् । उनका चालककी श्रीमती पक्राउ परेपछि रहस्य खुलेको हो । पछि उनका चालक वाङछु शेर्पासँग झगडा भएपछि उनी विवादमा फसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्