Logo
Logo

सीता दाहालप्रति श्रद्धाञ्जलि (१५ तस्बिर)


12.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् । साथै, उनीहरुले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । नेकपा माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

बिहीबार शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जलि अर्पण गरेका थिए । नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धान्जलि अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहीबार र भोलि शुक्रबार बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्