काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरुलाई सहज गराउँदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका हुन् ।

मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापीत गर्न उनले सुझाव दिए । उनले बिभेद अन्त्यका लागि नीति निर्माताबचि सहकार्य गर्न र संविधानमा रहेका अधिकार स्थापित गर्न पनि जुट्नुपर्ने बताए ।
त्यस्तै, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातीको संस्कृति भाषा र रहनसहनलाई जिवित राख्नुपर्ने बताए । नले आदिवासी जनजातीको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने जिकिर गरे ।
कार्यक्रममा शहरी बिकासमन्त्री सीता गुरुङले राज्यको हरेक निकायमा महिलाको समान अधिकार स्थापीत गर्ने भनेपनि पूर्ण हुन नसकेको गुनासो गरे । उनले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने र टिकट बितरणमा पनि महिलालाई समाज सहभागीता गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित आदिवासी जनजाती महिला प्रतिनिधि २०७९ पुस्तक बिमोचन गरिएको थियो ।











