
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाको जिम्मेवारी पाएका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
१ दिने नेपाल भ्रमणका लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापपति शेरबहादुर देउवासहित नागरिक समाज तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तिसँग भेटवार्ता गर्नेछन् ।











