Logo
Logo

चरेश तस्करीमा संलग्न कलाकार पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २ माघ ।
चरेश तस्करीको आरोपमा मोडल कान्छीमाया घले पक्राउ परेकी छिन् । नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट १४ केजी चरेशसहित पक्राउ परेकी हुन् ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कान्छीमायालाई पक्राउ गरेको हो । उनले बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट पार्सल गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यवसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ । ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यले भने,‘‘अगरबत्तीमा चरेश ¥यापिङ गरेर पठाएको यो तस्करीको नयाँ शैली हो । हामीलाई शंका लागेपछि चेकजाँच गर्दा पार्सल गरिरहेको अवस्थामा फेला पारेका हौं ।’’ बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्