काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताएका हुन् ।
उनले सवै समुदायलाई राजनीतिका साथै हेरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए । सभापति देउवाले कांग्रेस पनि सवै समूदायको पार्टी भएकाले सवैलाई साथमा लिएर हिड्नुपर्ने धारणा राखे । कांग्रेसमा सबै समूदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरुको जस अरुले लिएको बताए । उनले हरेक वर्ग क्षेत्र समूदायको पहुँचमा देशको आर्थिक उन्नती पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए ।
त्यस्तै, अन्य कांग्रेस नेताहरुले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।














