काठमाडौं, ८ पुस ।
समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो पार्टीका दुवै मन्त्री उपेन्द्र यादब र मोहम्मद इस्तिायाक राईले मंगलबार राजिनामा दिएका थिए ।
मंगलबार सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री सचिव मोहम्मद इस्तियाक राई शहरी विकास थिए । ।

गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोही कारण सो समाजवादी र सरकारबीच दुरी बढेको थियो ।
७ पुस साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए। त्यही बहाना बनाएर समाजवादीले पार्टी छाडेको । यसले दुई नम्बर प्रदेशको सरकार पनि हेरफेर हुनसक्ने आँकलन गरिएको छ ।
साथै सरकारमा अर्काे मधेसी दल राजपा समेत जाने सम्भावना छ । राजपा र नेकपाबीच राष्ट्रियसभाको निर्वाचनका लागि गत साता मात्र सहमति भएको थियो । राजपा सरकारमा समेत जाने सम्भावना रहेको बताइन्छ ।












