Logo
Logo

परिषदको बैठक बस्न नसकेकाले न्यायधीश नियुक्त हुन नसकेको हो : प्रधानन्यायाधीश


1.8k
Shares

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी रहेको बताएका छन् । प्रयास जारी रहेपनि न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको उनको भनाइ छ ।

आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले भने, ‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको होइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो ।’

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने चलनि छ । तर, प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्त हुन सकिरहेको छैन । प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।

न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको कार्कीले बताए । पुराना मुद्दा फर्छ्यौटका लागि अभियान नै चलाएको भन्दै उनले त्यही अभियानका कारणले करिब ६६÷६७ सालसम्मका मुद्दा टुंगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्