
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरू भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो ।
शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।बैठक कीर्तिपुरस्थित पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ ।











