
काठमाडौं । आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको श्रद्धाञ्जली सभा गरिएको छ ।सीताको निधन भएको सातौँ दिनमा प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष,पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिज्ञका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका थिए । सीता दाहालको उपचारका क्रममा गत असार २७ गते नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।





















