Logo
Logo

राप्रपाले भन्यो- सेनाबारे बेमौसमी बहस गरिनु आपत्तिजनक


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाबारे भइरहेको बहसलाई अनुचित र रहस्यमय बताएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार विज्ञप्ति जारी गर्दैै योजनाबद्ध ढंगबाट केही राजनीतिक दलका जिम्मेवार नेताबाट सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषय उठाउनु रहस्यमय, अुनचित र दुर्भाग्यपूर्ण भएको जनाएका छन् ।

केही दिनयता नेपाली सेनाको संख्या घटाउनुपर्ने जस्ता समाचारले मिडियामा समेत स्थान पाइरहेको बेला राप्रपाले त्यसप्रति आपत्ति जनाएको हो ।

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन ।’ वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक भएको राप्रपाको ठहर छ ।

नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको नेपाली सेनालले विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको भन्दै अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्