Logo
Logo

सय किलो सुन प्रकरण : भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित


1.6k
Shares

काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

एक सय किलो सुनबारे छानबिन गर्न भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचपासका कुमार ढकाललाई निलम्बन गरेको हो । त्यस्तै भन्सार एजेन्ट यादव पराजुरी पनि निलम्बनमा परेका छन् ।

उक्त सुनबारे छानविन गर्न दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

हङ्कङबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १ चिनिया नागरिकसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्