Logo
Logo

आज काठमाडौंसहित २५ जिल्लाका नदीमा बाढीकाे जाेखिम


2.5k
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका २५ भन्दा बढी जिल्लाका नदी÷खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्ला र त्यसका आसपास भई बहने नदी÷खोलाले प्रभाव पर्ने क्षेत्रका बासिन्दाले बाढीबाट हुनसक्ने जोखिम र क्षतिबाट बच्न आग्रह गरेको हो ।

‘आज अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा दार्चुला र आसपास भइ बहने केही स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेकाले साना नदी तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गर्दछौं,’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्