Logo
Logo

एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष एमालेमै फर्किए


2.3k
Shares

दमौली । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की नेकप एमालेमै फर्किएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमबीच जिल्ला अध्यक्ष कार्कीसहित केही जिल्ला सदस्य एमालेमा फर्काएको हो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने कार्कीले बताए ।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्