Logo
Logo

सुनसरीको सेउती खोलानजिक गोली प्रहार गरी लुटपाट


5.3k
Shares

धरान । सुनसरीको सेउती खोलानजिकै जंगलमा गोली प्रहार भएको छ । गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुलनजिकै गोली प्रहार गरि चौधरीमाथि लुटपाट भएको भएको छ । प्रहरीका अनुसार चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ ।

गोली लागेर गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । प्रहरीका अनुसार चौधरीको अवस्था चिन्ताजनक छ । गोली कसले किन चलायो भन्ने थाहा पाइनसकेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्