काठमाडौं। ११ पुस ।
’सिद्धबाबा’ भनिने कृष्णदास गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

काठमाडौंकी एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा सरकारी वकील कार्यालय सुनसरीले १० पुसमा अदालतसमक्ष मुलुकी अपराध संहीता(२०७४ बमोजिम सातदेखि १० वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले जानारी दिउ । उनका अनुसार पीडित महिलालाई गिरीबाट क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।
प्रहरीसँगको बयानका क्रममा गिरीले सहमतिमै महिलासँग सम्बन्ध राखेको बताएका छन् । पछि महिलालाई मुद्दा दर्ता नगर्न समेत उनले दबाबा दिएका थिए । महिलालाई आर्थिक प्रलोभन समेत देखाएको खुलेको छ ।
गिरी यसअघि जग्गा मिचेको, मानव तस्करी गरेको तथा दुई वटा नागरिकता बनाएो घटनामा विवादमा परेका थिए ।












