
धनगढी । कैलाली कारागारका कैद भुक्तानी गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।
चोरी मुद्दामा सजाय भोगिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्टको आज (सोमबार) बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए । चन्दकाअनुसार उनी लामो समयदेखि क्षयरोगबाट पीडित थिए ।














