Logo
Logo

लाइसेन्स बनाइदिने भन्दै सुनसहित ठगी गर्ने २ जना पक्राउ


3.4k
Shares

काठमाडौं । लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले ठगीको आरोपमा ललितपुरका राजु परियार र काठमाडौंका ब्रह्मा रिसाललाई पक्राउ गरेको हो ।

उनीहरुले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदुषण जाँचपास गराई दिने लगायतका काम गरिदिने भन्दै ठगी गरेका थिए ।

परियारले पीडितहरूबाट नगद तथा सुनको गहना (औठी समेत) जबरजस्ती लिई चार लाख तीस हजार बराबरको रकम ठगी गरेका सम्राट, समिर, रागब भन्ने राजु परियार र उनले लिएको सुन किन्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक ब्रम्हा रिसाललाई समातेको कार्यालयले जनाएको छ ।

रिसालले ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्राम सहित पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्