Logo
Logo

ओली र चिनियाँ टोलीबीच भेटवार्ता


945
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन तीन दिने भ्रमणका लागि साउन ७ गते काठमाडौं आएका थिए । उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए ।

भ्रमणको क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्